आइतबार, जेठ ८ २०७९
काठमाडौं १३:४५
वासिङटन डिसी 04:00

निषेधाज्ञा तोड्ने प्रयासमा जुम्लावासी, झडपमा पाँच घाइते

इनेप्लिज २०७२ साउन ३२ गते १०:३५ मा प्रकाशित

jumla_nepal-mapजुम्ला, ३२ साउन । जुम्ला सदरमुकाम खलङ्गामा आन्दोलनकारीले निषेधाज्ञाको अवज्ञा गरेपछि प्रहरीसँग भएको झडपमा आज पाँच जना घाइते भएका छन् ।

प्रहरीसँगको झडपमा परी स्थानीय रतननाथ योगी, धर्मेन्द्र रोकाया, रामकृष्ण चौलागाईँ, नृपेन्द्र महत र कष्णानन्द जैसी घाइते भएका छन् ।

प्रमुख जिल्ला अधिकारी दीपेन्द्रराज पौडेलका अनुसार घाइतेलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । अहिले आन्दोलनकारीले निषेधाज्ञाको अवज्ञा गर्ने प्रयास गरिरहेका छन् भने प्रहरीकातर्फबाट बेलाबेलामा हवाई फायर भइरहेको छ । आन्दोलनकारीले अहिले प्रहरीको घेरा तोडेर जिल्ला प्रशासन कार्यालय अघिल्तिर प्रदर्शन गर्ने प्रयास गरिरहेका छन् ।

जुम्लामा स्वायत्त कर्णाली प्रदेशको माग राख्दै केही दिनदेखि आन्दोलन भइरहेको छ ।

प्रतिक्रिया