बन्दको प्रभाव कम हुँदै

इनेप्लिज २०७२ साउन ३२ गते ४:३२ मा प्रकाशित

banda-kulyoबनेपा, ३२ साउन । नेकपा माओवादीसहित तराई केन्द्रित दलहरुले आह्वान गरेको दुई दिने नेपाल बन्दको दोस्रो दिन काभ्रेपलाञ्चोकको जनजीवन आज पनि प्रभावित बनेको छ ।

जिल्लाको बनेपा, धुलिखेल, पाँचखाल, भकुण्डे, पनौतीलगायतका क्षेत्रमा बन्दको आंशिक प्रभावले पहिलो दिनको बन्दमा भन्दा मोटरसाइकल र केही सवारीसाधन सञ्चालन भए पनि लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालन नभएको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो ।

बन्दका कारण निजी बैंक तथा वित्तीय संस्था र शैक्षिक संस्था पनि प्रभावित भएका छन् । साउने सोमबार भएका कारण धार्मिक कार्यका लागि पनि आवतजावत बढेको छ त्यसैले अलि खुकुलो भएको हुनसक्छ प्रनाउ केसीले भन्नुभयो ।

यसैबीच काभ्रेपलाञ्चोकको महादेवस्थान गाविस–९ स्थित कोदारी भिरमा पहिरो जाँदा जिरोकिलोदेखि मेलम्ची सडकखण्डको भित्री सडक अवरुद्ध भएको छ ।

रातिदेखि परेको अविरल वर्षाका कारण खसेको पहिरोले बाटो पूर्णरुपले अवरुद्ध हुँदा कुनै सवारीसाधन सञ्चालन नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया