उपत्यकामा बन्दको सामान्य प्रभावः कामकाजी सर्वसाधारण मर्कामा
काठमाडौँ, ३२ साउन । काठमाडौँ उपत्यकामा बन्दका कारण जनजीवनमा सामान्य प्रभाव परेको छ ।
बन्दले कुनै अप्रिय घटना नभए पनि सडकमा सार्वजनिक सवारीसाधन नचल्दा कामकाजी सर्वसाधारण मर्कामा परेका छन् ।
अघिल्लो दिनको तुलनामा आज उपत्यकाका भित्री सडक चोकका पसल खुलेका छन् ।
पातलो सङ्ख्यामा केही भाडाका सवारीसाधन (टेम्पो, माइक्रोबस) बिहानैदेखि चलिरहेका छन् ।
आइतबार बन्दकर्ताले बिहानैदेखि तोडफोडको प्रयास गरेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । आज भने बन्दकर्ताको चहलपहल सडकमा देखिदैन ।
चाबहिलदेखि सिंहदरबारसम्मको सडक अवलोकन गर्दा बन्दकर्ताको उपस्थिति देखिएन । मुख्य सडक र चोकमा प्रहरीे सुरक्षार्थ खटिएका छन् ।
चाबहिलबाट मोटरसाइकलमा अनामनगर आउनुभएका रमेश धमला र कोटेश्वरबाट सिंहदरबार आउनुभएका मानबहादुर थापाले पनि सडक सामान्य अवस्थामा कुनै अवरोध नभएको तर सवारीसाधनको सङ्ख्या भने पातलो रहेको बताउनुभयो ।
उपत्यकाका तीनवटै जिल्लामा अहिलेसम्म कुनै अप्रिय घटना नघटेको र जनजीवन सामान्य रहेको महानगरीय प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक नारायणसिंह खड्काले राससलाई जानकारी दिनुभयो ।
उहाँले अहिले सडकमा बन्दकर्ता फाट्टफुट्ट निस्किए पनि कुनै अराजक किसिमका गतिविधि नभएको उल्लेख गर्नुभयो ।
संविधानको मस्यौदाप्रति विरोध जनाउँदै नेकपा–माओवादीसहित केहि मधेसवादी दल र जनजाति केन्द्रित पार्टीले संयुक्तरुपमा बन्दको आव्हान गरेको हो ।
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया