आइतबार, जेठ ३० २०७८
काठमाडौं २३:१२
वासिङटन डिसी 13:27

सुक्खा पहिरोले धुलाबारीमा खानेपानीको मुहानमा क्षति

इनेप्लिज २०७२ साउन ३१ गते १५:१६ मा प्रकाशित

काँकडभिट्टा (झापा), ३१ साउन । झापाको मेचीनगर नगरपालिकाको धुलाबारी क्षेत्रको शान्तिनगर–९ बाट वितरण हुँदै आएको खानेपानीको मुहान आज बिहान गएको सुक्खा पहिरोले क्षति पु¥याएको उपभोक्ता समितिका अध्यक्ष इन्द्र बुढाथोकीले जानकारी दिनुभएको छ ।

मेचीनगरको खुट्टेडाँगीमा खानेपानीको मुख्य कार्यालय रहे पनि करिब नौ किमी उत्तर इलामको जिर्मलेसँग सीमा जोडिएको शान्तिनगरको पहाडी फेदीमा सङ्कलन गरी पानी वितरण गर्दै आएकोमा मुहान पहिरोले पुरिएको छ ।

पहिरोले मुहान पुरेपछि मागुरमाडीमा रहेको पानीको रिजर्भ ट्याङ्कीमा बोरिङको प्रशोधित पानी भर्न थालिएको खानेपानी कार्यालयले जनाएको छ । मुहानबाट आउने पानीको स्रोत ठप्प भएको अध्यक्ष बुढाथोकीले राससलाई बताउनुभयो ।

उहाँका अनुसार मुहानको स्रोत प्रयोग गर्न नपाएपछि धुलाबारी क्षेत्रमा पानीको वितरणमा समस्या आउने सम्भावना छ । “पहिरो पन्छाएर मुहानको पानी फेरि नल्याएसम्म समस्या रहने नै भयो”, बुढाथोकी भन्नुहुन्छ, “काम चाँडै नगरे पानीको वितरण पूरै बन्द हुन्छ ।”

प्रतिक्रिया