बहुविवाह गरेको आरोपमा एक दम्पती पक्राउ

इनेप्लिज २०७२ साउन ३० गते १०:५७ मा प्रकाशित

pakrau-सप्तरी, ३० साउन । सप्तरीको कञ्चनरुप नगरपालिका– ५ मा बहुविवाह गरेको आरोपमा एक दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउपर्नेमा स्थानीय ३५ वर्षीय राजिवकुमार गुप्ता र उनकी ३२ वर्षीया श्रीमती हीराकुमारी गुप्ता रहेका छन् ।

राजिवको अर्की ३३ वर्षीया श्रीमती रिंकुकुमारी गुप्ताले दिएको उजुरीका आधारमा दुवैजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले बताउनुभयो । आरोपितहरूलाई जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी नियन्त्रणमा राखिएको छ ।

गुप्ताले गत जेठ २५ गते दोस्रो विवाह गरेका थिए । विवाहपछि रिंकुले जिल्ला प्रहरी कार्यालय सप्तरीमा साउन १५ गते उजुरी दिएकी थिइन् । उजुरीका आधारमा ती व्यक्तिलाई पक्राउ गरिएको बताएको छ । गुप्ताले रिंकुसँग गत ०६३ वैशाख २८ गते सामाजिक परम्पराअनुसार विवाह गरेका थिए भने अहिले रिंकुका दुई छोरी रहेको बताइएको छ ।

प्रतिक्रिया