शुक्रबार, साउन २२ २०७८
काठमाडौं ०१:४६
वासिङटन डिसी 16:01

शान्तिपूर्ण आन्दोलन गर्न आग्रह

इनेप्लिज २०७२ साउन २९ गते १३:३४ मा प्रकाशित

जनकपुरधाम, २९ साउन । जिल्ला सुरक्षा समितिले शनिबारदेखि हुने बन्द हडताल शान्तिपूर्ण रुपमा गर्न दलहरुसँग आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषामा आज बसेको सर्वपक्षीय, सर्वदलीय बैठकमा सहभागी दलले आन्दोलन शान्तिपूर्ण रुपमा गर्ने प्रतिबद्धता जनाएको बैठकमा सहभागी एक सुरक्षा अधिकारीले जानकारी दिनुभयो ।

यसैबीच सुरक्षा समितिको बैठकले भारतको विहार राज्यमा हुने विधानसभा निर्वाचनलाई दृष्टिगत गर्दै आगामी भदौ ९ गते धनुषासहित सिरहा, सप्तरी र महोत्तरीका सुरक्षा प्रमुख तथा भारतीय क्षेत्रका सुरक्षा प्रमुखको बैठकमा सहभागी हुने निर्णयसमेत गरेको छ । विधानसभा निर्वाचनलाई हेर्दै सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कसरी सुदृढ बनाउन सकिन्छ भन्ने विषयमा समेत बैठकमा छलफल भएको जनाइएको छ ।

प्रतिक्रिया