दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता
बेनी (म्याग्दी), २९ साउन । पश्चिम म्याग्दीमा निर्माण हुन लागेको २५ मेगावाट क्षमताको दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको बिहीबार यहाँ विद्युत् खरिद सम्झौता (पिपिए) सम्पन्न भएको छ ।
नेपाल विद्युत् प्राधिकरणका योजना अनुगमन निर्देशनालयका कामु उपकार्यकारी निर्देशक राजीव शर्मा र धौलागिरि कालिका हाइड्रो प्रालिका सञ्चालक दिनुप्रताव पाण्डेले हस्ताक्षर गर्नुभएको सम्झौताबाट आयोजनालाई अगाडि बढाउन सहज भएको छ ।
प्रालिका अध्यक्ष प्रमोद श्रेष्ठले सडक र पूर्वाधार भएको क्षेत्रमा आयोजना निर्माण हुन लागेकाले प्राविधिक जनशक्तिको व्यवस्थापन गरी निर्माणलाई अगाडि बढाउने जानकारी दिनुभयो । प्राधिकरणले प्रवर्धकसँग बर्सातको आठ महिना प्रतियुनिट चार रुपैयाँ ८० पैसा र सुक्खायामको चार महिना प्रतियुनिट आठ रुपैयाँ ४० पैसामा पिपिए गरेको छ ।
रन अफ द रिभर प्रकृतिको दरबाङ–म्याग्दीखोला दरबाङ देदी दुई किलोमिटर माथि देविस्थान र ताकम धारापानी जाने भेदीखोलामा बाँध बाँधेर पाँच किलोमिटर टनेल हँुदै दरबाङ र बाबियाचौर गाविसको सिमानामा अवस्थित सहश्रधाराको रातोढुङ्गामा सय मिटर अग्लो हेडका साथ पावर हाउस बनाइने छ । पश्चिम म्याग्दीका पहिलोपटक जलविद्युत् आयोजना निर्माण हुन लागेको छ । आयोजनाको प्रारम्भिक लागत रु तीन अर्ब ९३ करोड रहेको छ ।
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया