तीन एम्बुलेन्स तोडफोड

इनेप्लिज २०७२ साउन २८ गते १४:२५ मा प्रकाशित

ambulanceनेपालगन्ज, २८ साउन । थरुहट स्वायत्त प्रदेशको माग राखी हिजोदेखि आह्वान गरिएको बाँके जिल्ला बन्दकर्ताले आज अपराह्न तीन वटा एम्बुलेन्स तोडफोड गरेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बन्दकर्ताले पूर्वपश्चिम राजमार्गको मैटहवा सडकखण्डमा रेडक्रस कोहलपुर शाखाको भे १ च १७२२, गेरुवा ग्रामिण स्वास्थ्य जागरण संस्थाको भे १ च १२६३ र अर्को नम्बर नखुलेको एम्बुलेन्स तोडफोड गरेका हुन् ।

एम्बुलेन्समा तोडफोड गरिएपछि नौजना चालकले आज बाँकेका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद लेखकलाई भेटी बन्द फिर्ता नभएसम्म आपूmहरूले एम्बुलेन्स चलाउन नसक्ने लिखित आवेदन प्रस्तुत गरेका छन् ।

सुदुरपश्चिमको कञ्चनपुरदेखि चितवनसम्मको १० जिल्ला थरुहट प्रदेश हुनुपर्ने माग राखी थरुहट संयुक्त सङ्घर्ष समिति, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र अन्तर पार्टी मधेसी सञ्जालले अनिश्चितकालीन बाँके बन्द आह्वान गरेको हो ।

जिल्ला बन्दको सबैभन्दा बढी प्रभाव लामो र छोटो दुरीका सार्वजनिक यातायातमा परेको छ । बन्दका कारण नेपालगन्जबाट बाहिर जाने र भित्रिने कुनै पनि यातायातका साधन सञ्चालनमा आउन सकेका छैनन, जसका कारण ठाँउठाँउमा यात्रुहरू बिचल्लीमा परेका छन् ।

बाँके जिल्लाको प्रमुख सहर नेपालगन्जमा भने बन्दको आंशिक प्रभाव परेको छ । सहरमा रिक्सा, टाँगा, मोटरसाइकल निर्वाध चलेका छन् भने अधिकांश पसलहरू खुलेको पाइन्छ ।

प्रतिक्रिया