भीमदत्तनगर, २८ साउन । सामान्य घरायसी विवादमा कञ्चनपुरको बेलौरीमा एक किशोरमा आफ्नो बुबाको चक्कु प्रहार गरी हत्या गरेको अभियोग लगाइएको छ ।
४५ वर्षीय बुवा हरिलालको हत्या गरेको अभियोगमा बेलौरी नगरपालिका–५ बेलौरी बजारका १७ वर्षीय अर्जुन आचार्यलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।
यसैबीच सुतिरहेको अवस्थामा आफ्नै छिमेकीले हँसिया प्रहार गर्दा गम्भीर घाइते भएका बेलौरी नगरपालिका–७ रामनगर बस्ने ४५ वर्षीय कुलराम चौधरीको मृत्यु भएको छ । उनलाई बुधबार छिमेकी ५० वर्षीय डम्बर चौधरीले हँसियाले प्रहार गरी फरार भएका थिए ।
प्रतिक्रिया