बलेवा (बागलुङ), २८ साउन । माछा मार्नेक्रममा यहाँ एक युवाको ज्यान गएको छ ।
हटिया–८ का ३२ वर्षीय पदम नेपालीको बुधबार साँझ सोही गाविसको चमुवा खोलामा डुबेर ज्यान गएको हो । नेपालीको शव हुकमा घोप्टो परेको अवस्थामा फेला परेको थियो ।
इलाका प्रहरी कार्यालय बुर्तिवाङकका प्रहरी सहायक निरीक्षक कमल चौलागार्र्इंले नेपाली हुकमा माछा परे÷नपरेको हेर्न जाँदा चिप्लिएर लडेको हुनसक्ने बताउनुभयो । घटनाको विषयमा अनुसन्धान भइरहेको छ ।
नेपाली वैदेशिक रोजगारबाट पाँच महिनाअगाडि घर फर्केको थियो । नेपालीको शव परीक्षणका लागि गलकोट प्राथमिक स्वास्थ्य केन्द्र हरिचौरमा राखिएको छ ।
प्रतिक्रिया