मंगलबार, असार ८ २०७८
काठमाडौं १०:१०
वासिङटन डिसी 00:25

सकारात्मक सोचका साथ समाज परिवर्तनमा लाग्नुपर्ने: जेसीज अध्यक्ष श्रेष्ठ

इनेप्लिज २०७२ साउन २८ गते ४:२९ मा प्रकाशित

तुलसीपुर (दाङ), २८ साउन । दाङको तुलसीपुर नगर जेसीजद्वारा हिजो यहाँ स्वागत, सम्मान एवम् भेटघाट कार्यक्रमको आयोजना गरियो ।

सो अवसरमा नेपाल जेसिजका केन्द्रीय अध्यक्ष धनन्जयकुमार श्रेष्ठले जेसीज सदस्यहरु समाजका हरेक तह र तप्कामा नेतृत्व गर्न सक्षम हुनुपर्ने भन्दै आफूलाई त्यसै अनुसार सकारात्मक सोचका साथ परिवर्तन गरी समाज परिवर्तनमा लाग्न आग्रह गर्नुभयो ।

तुलसीपुर नगर जेसीजका अध्यक्ष झरेन्द्र खरेलको सभापतित्वमा भएको सो कार्यक्रममा केन्द्रीय महासचिव जगतबहादुर पोख्रेल, तुलसीपुर नगर जेसीजका संस्थापक अध्यक्ष दीपेन्द्र चापागाईं, संस्थापक सल्लाहकार कुशल तर्ताललगायतले युवाको व्यक्तित्व विकासका लागि तालिम तथा कार्यक्रम दिन नेपाल जेसिजसँग माग गर्नुभयो ।

प्रतिक्रिया