पूर्वका नौ जिल्लामा आह्वान गरिएको आमहडतालबाट जनजीवन प्रभावित

इनेप्लिज २०७२ साउन २८ गते ३:०६ मा प्रकाशित

Bandaपाँचथर, २८ साउन । सरकारसँग भएको पटकपटकको सहमति कार्यान्वयन नगरी बिना पहिचानसहितको प्रदेश निर्माण गरिएको भन्दै सङ्घीय लिम्बुवान् पार्टी नेपालले आज पूर्वका नौ जिल्लामा आह्वान गरेको आमहडतालबाट जनजीवन प्रभावित भएका छन् ।

पूर्वका पाँचथर, इलाम, ताप्लेजुङ, तेह्रथुम, झापा, मोरङ, सुनसरी, धनकुटा, सङखुवासभा जिल्लामा आमहडतालको प्रभाव बिहानैबाट परेको छ । यी जिल्लामा लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालन हुन सकेका छैनन् भने बजार, पसल, शिक्षण संस्था र कलकारखाना ठप्प छन् ।

विसं १८३१ मा भएको ऐतिहासिक लालमोहर सन्धि, ०६४ फागुन १८ र चैत ६ गते भएको पाँचबुँदे सम्झौता उल्लङ्घन गरिएको र चार दलबीच भएको १६ बुँदे सहमतिपश्चात् ल्याइएको पहिचान बिनाको वेनामे प्रदेशको विरोधमा आमहडताल आह्वान गरिएको पार्टीले जनाएको छ ।

प्रतिक्रिया