निजी लगानीमा वृद्धाश्रम

इनेप्लिज २०७२ साउन २८ गते १:४४ मा प्रकाशित

दमक, २८ साउन । आफ्नै निजी लगानीमा झापा, दमक–९ की मनमाया सुनुवारले निःशुल्क वृद्धाश्रम स्थापना गर्नुभएको छ ।

आफ्ना दिवङ्गत बुबा र आमाको स्मृतिमा उहाँले करिब रु २६ लाखको लागतमा दश ज्येष्ठ नागरिक रहने सक्ने रत्न ज्येष्ठ वृद्धाश्रम केन्द्र सञ्चालनमा ल्याउनुभएको हो ।

दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले आश्रमको बुधबार एक कार्यक्रमबीच उद्घाटन गर्दै ज्येष्ठ नागरिकको सामाजिक सुरक्षाका रुपमा यस कार्य उदाहरणीय भएको बताउनुभयो ।

केन्द्रकी अध्यक्ष सुनुवारको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रकी सहसचिव पारिका आलेमगरले समस्यामा परेका असहाय ज्येष्ठलाई आवासीय सुविधा उपलब्ध गराउने केन्द्रको उद्देश्य रहेको उल्लेख गर्नुभयो ।

केन्द्र सञ्चालक समिति सदस्य ऐसा सुनुवारले अहिले आश्रममा तीन असहाय ज्येष्ठ नागरिक रहेको र आश्रममा रहने ज्येष्ठ नागरिकका लागि स्वास्थ्य सेवासमेत उपलब्ध गराइने व्यवस्था मिलाएको बताउनुभयो ।

प्रतिक्रिया