क्याम्पस प्रशासनको लापरवाहीले लमजुङ्ग कृषि क्याम्पस अस्तव्यस्त

इनेप्लिज २०७२ साउन २७ गते १५:३९ मा प्रकाशित

Lamjiung Campusकाठमाडौ, श्रावण २६,

कृषि प्रधानमुलुक नेपालमा दक्ष कृषि विशेसज्ञहरु उत्पादन गर्न सरकारीस्तरबाट सन्चालित कृषि क्याम्पस लमजुङ्गमा पठनपाठन बन्द भएको एक महिना भन्दा बढि भइसकेको छ । सो क्याम्पसमा अध्ययनरत केहि विद्यार्थीहरु विच उत्पन्न सामान्य विवादहरुलाई लिएर क्याम्पस प्रशासनले समस्या समाधान गरि पठनपाठन सुचारु गराउनु सटटा अनिश्चितकालको निम्ति पठनपाठन, चौथो समेस्टरका परीक्षाहरु र अन्तिम वर्षको युपिए समेत अनिश्चितकालको निम्ति स्थगित गरेको हो ।

सरकारीस्तरबाट सन्चालित यो क्याम्पस प्रशासनको यस्तो अशोभनीय कार्यले गर्दा सुन्दर भविष्यको लागी देशका कुना कुनाबाट उक्त क्याम्पसमा अध्ययनको लागि पुगेका विद्यार्थी र उनीहरुका अभिभावकहरुमा चिन्ता छाएको छ । पठनपाठन र परीक्षाहरु सुचारु गराउनका लागि त्रिभुवन विश्व विद्यालय र क्याम्पस प्रशासनले चासो नदेखाएकोमा सरोकारवालाहरु आश्चर्य चकित भएका छन् । क्याम्पस प्रशासनले विद्यार्थीै तथा अभिभावकहरुको लगानी र छात्रछात्राहरुको भविष्य प्रति खेलवाड गरेर अन्याय गरेको जनगुनासो छ ।
महिनौ सम्म पनि शैक्षिक सस्था बन्द रहदाँ सो क्याम्पसका प्रमुख लाल प्रसाद अमागाईले यो असुविधा र क्षति प्रति पूर्ण जिम्मेवारी लिदै आफनो नालायकिपन स्वीकार गरेर क्षमायाचना गर्दै अविलम्व पठनपाठन र परीक्षाहरु सुचारु गर्न पर्ने सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरुको माग रहेको छ ।
निजी शैक्षिक सस्थाहरु मौलाउदै र सरकारी स्कुल कलेज दुव्लाउदै गएको परिप्रेक्षमा लमजुङ्ग कृषि क्याम्पसको यो दुरदशा त्रिभुवन विश्वविद्यालय र नेपाल सरकारको प्रतिष्ठासँग पनि गाँसिएको विषय हो, यस तर्फ शिक्षाविद् तथा सन्चार माध्यममा जति ध्यान जानु पर्ने हो त्यति नगएको अनुभव घटनासँग जानकारहरु बताउने गरेका छन । तसर्थ अविलम्व क्याम्पस खोलेर शैक्षिक वातावरणमा सुधार गर्ने तर्फ सम्वन्धित अधिकारीहरुको ध्यान जाओस अन्यथा सरकारी कृषि क्याम्पस असफल गराउन शैक्षिक माफियाको जालमा क्याम्पस प्रशासन फस्न पुगेको प्रमाणित हुनेछ ।
क्याम्पस प्रमुख लाल प्रसाद अमागाईले यस्तो अव्यवस्थालाई समाधान गराउनु तर्फ नसोची, लगातार क्याम्पसको पठनपाठन, महत्वपूर्ण परीक्षाहरु लगायतका अन्य कामहरु ठप्प हुनेगरी क्याम्पस बन्दलाई नै निरन्तरता गराएर विद्यार्थी तथा अभिभावकहरुलाई मानसिक पिडामा पारेको यो पहिलो पटक भने होइन,पदीय दायित्प पुरा नगरिकन उनले आफनो पद सुरक्षित गर्नका निम्ति खास वैचारिक धारका विद्यार्थीहरुको पक्षपोषण गर्दे अन्य विद्यार्थीहरुका जायज गुनासाहरुलाई नसुन्ने र उपेक्षा गर्ने गरेको भुक्तभोगी विद्यार्थीहरुको भनाई रहेको छ ।
विद्यार्थीहरुले आफ्ना गुनासा क्याम्पस प्रशासन समक्ष प्रस्तुत गर्दा प्रध्यापकहरुले तर्क र बहस गर्ने पिडित विद्यार्थीहरुको प्राक्टिकल अंक थोरै दिने अभिव्यक्ति विद्यार्थीहरुको सामु सार्वजनिकरुपमै बोलेका थिए, क्याम्पस प्रमुख, प्रशासन र प्रध्यापकहरुको यस्तो अशोभनिय क्रियाकलापले देशको कृषि प्राविधिकहरु उत्पादन गर्ने क्याम्पसमा भएको यस्तो गतिविधिले सरकारको कृषि क्षेत्रमा युवाहरुलाई समावेश गराउने लक्ष्य प्रभावित हुने देखिन्छ ।
प्रध्यापकहरुले समेत विद्यार्थीहरुले आफु प्रति भएको अन्याय सन्चार माध्यम मार्फत सार्वजनिक गराउन क्याम्पसमा पत्रकार सम्मेलन आयोजना गर्ने प्रयासलाई पनि क्याम्पस प्रशासनको हस्तक्षेपले सम्पन्न हुन सकेन् विद्यार्थीहरुको मर्का बाहिरी दुनियाँमा आइपुग्नबाट रोक लगाइएको छ । अन्य क्याम्पसहरुमा सामान्य बहस विवाद हुँदा पनि क्याम्पस प्रशासनको पहलमा समाधान हुने र शैक्षिक वातावरण विग्रन नदिने गरेको देखिन्छ तर लमजुङ्ग क्याम्पस यसको अपवाद रहेको छ । यहाँ विवाद र हातपातमा संलग्नलाई क्याम्पस प्रशासनले संरक्षण गर्ने र पिडित र आम विद्यार्थीहरुलाई पठनपाठन र परीक्षा बन्द गराएर झन पिडा थपिदिने परम्परा रहेको छ ।
यो सरकारी क्याम्पसको अस्तव्यस्तता प्रति स्थानीय राजनीतिकर्मी, सन्चारकर्मी, शिक्षाप्रेमी, बुद्धिजिवी र प्रशासकहरुको गम्भिर ध्यान आर्कषित हुन जरुरी देखिन्छ । यति मात्र होइन राजधानीका सन्चारमाध्यमहरुले पनि सरकारी लगानी बालुवामा पानी खनाए जस्तो हुन नदिन र साच्चै नै नयाँ नेपाल निर्माणको निम्ति दक्ष जनशक्ति उत्पादन गर्ने परिकल्पना साकार पार्न यो विषय प्रति चासो र चिन्ता लिदै वास्तविकता सार्वजनिक गर्न अति जरुरी छ । खलवलिएको मानसिकता बोकेर प्राविधिक ज्ञान र शिप सिक्ने अबस्था पार गरेका विद्यार्थीहरु भविष्यमा कति दक्ष हुन सक्लान गम्भिर खोजको विषय रहेको छ ।
तश्विर ः क्याम्पसको वेवसाइटबाट साभारित

प्रतिक्रिया