डिभी,पिआरको कानुनी व्यवस्थालाई रोक नलगाउने सर्वोच्चको ठहर
काठमाडौँ, २७ साउन । निजामती सेवा ऐन, २०४९ मा संशोधन गरी डिभी, पिआर लिने निजामती कर्मचारी सेवामा रहन नसक्ने गरी व्यवस्थापिका–संसद्ले गरेको कानुनी व्यवस्थालाई सर्वोच्च अदालतले रोक लगाउन नमिल्ने ठहर गरेको छ ।
प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र सर्वोच्च अदालतका न्यायाधीशद्वय गोपाल पराजुली तथा जगदीश शर्मा पौडेलको विशेष इजलासले आज अन्तरिम आदेशबाट सो प्रावधानलाई रोक लगाउन नमिल्ने ठहर गरेको हो ।
संसद्ले निजामती ऐन, २०४९ मा चौथो संशोधन गरी केही दफा थप गरेको थियो । ती व्यवस्थाले नेपालमा निजामती कर्मचारीलगायतले डिभी, पिआर लिएका भए निजामती सेवालगायतमा अयोग्य हुने स्पष्ट गरेको थियो ।
संसद्ले त्यस्तो व्यवस्था गरेपछि डिभी, पिआर लिने निजामती कर्मचारी तथा प्रहरी प्रशासनमा सेवारतहरुले पनि राजीनामा दिन थालेका थिए । राजीनामा दिने क्रम जारी छ ।
निजामती ऐन, २०४९ मा भएको चौथो संशोधनको प्रावधान संविधानसँग बाँझिएको दाबी गर्दै रक्षाराम हरिजन (चमार) ले गत साता सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्नुभएको थियो ।
रिट निवेदन दर्ता भएपछि सर्वोच्च अदालतको एकल इजलासले त्यस्तो कानुनी व्यवस्था लागू गर्नु पर्नाका कारण स्पष्ट गर्न व्यवस्थापिका–संसद्, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतलाई गत साता नै आदेश दिइसकेको छ ।
रिट निवेदनको तर्फबाट पिआरधारीले पनि निजामती सेवामा काम गर्न पाउनुपर्छ भन्ने पक्षमा वरिष्ठ अधिवक्ता हरिहर दाहाल र बालकृष्ण न्यौपाने तथा अधिवक्ता रमण श्रेष्ठ, दीपेन्द्र झा र श्रीकान्त बरालले वहस गर्नुभएको थियो ।
त्यसैगरी सरकारको तर्फबाट बहस गर्दै सहन्यायाधिवक्ता सन्जीवराज रेग्मी एवम् उपन्यायाधिवक्ता चन्द्रकान्त बरालले उक्त व्यवस्था संविधान अनुकूल नै भएको बहस गर्नुभएको थियो ।
सर्वोच्च अदालतले रिट निवेदकले सो कानुनी व्यवस्थाहरु संविधानसँग बाँझिएको भन्ने स्पष्ट देखाउन नसकेको, रिट निवेदक डिभी, भिसा प्राप्त व्यक्ति नभएको र निजामती सेवामा कार्यरत पनि नभएको उल्लेख गरी हाललाई ती प्रावधानलाई अन्तरिम आदेशबाट बन्देज गर्न नसकिने स्पष्ट गरेको छ ।
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया