रुकुम, २७ साउन । रुकुमलाई प्रदेश नम्बर ५ मा राख्न भन्दै नागरिकस्तरबाट रुकुममा थालिएको आमहडताल आज चौथो दिन पनि कायमै छ ।
सुरुमा सामान्य विरोध ¥याली गरेका यहाँका नागरिकले तेस्रो दिनदेखि आमहडताल सुरु गरेका थिए । चौंथौ दिन आज दिनभर पसल, यातायात र शैक्षिक सस्था ठप्प रह्यो । माग पूरा नभएसम्म आन्दोलन जारी रहने रुकुम अखण्ड सङ्र्घष समितिले जनाएको छ ।
बन्दका कारण खलङ्गा, बागबजार, सल्लेलगायतका बजार ठप्प छन् । आन्दोलन परिचालन समिति गठन भएको पहिलो दिन एक हजार हस्ताक्षर सङ्कलन गरी आजै जिल्ला प्रशासन कार्यालय रुकुममार्फत संविधानसभामा पठाइएको एनेकपा (माओवादी)का युवा नेता सुवोधराज सेर्पालीले जानकारी दिनुभयो ।
प्रतिक्रिया