शुक्रबार, असार ४ २०७८
काठमाडौं ०८:०७
वासिङटन डिसी 22:22

झापामा ट्र्याक्टरको ठक्करबाट साइकलयात्रीको मृत्यु

इनेप्लिज २०७२ साउन २७ गते १२:३६ मा प्रकाशित

accident-signसुरुङ्गा (झापा), २७ साउन । झापाको लक्ष्मीपुर–राजगढ भित्री सडकखण्डमा आज बिहान ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा राजगढ–१ निवासी ५० वर्षीय प्रेमलाल राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । साइकलमा सवार उनलाई लक्ष्मीपुरबाट राजगढतर्फ गइरहेको मे १ त ४१८७ नम्बरको ट्र्याक्टरले ठक्कर दिएको बताइएको छ । ट्र्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका राजवंशीलाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी हस्पिटल ल्याउने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

राजवंशीलाई ठक्कर दिने ट्र्याक्टर र चालकलाई प्रहरी चौकी चकचकीले नियन्त्रणमा लिएको प्रहरी चौकी चकचकीका प्रहरी प्रमुख जगदीश मेहताले जानकारी दिनुभयो ।

प्रतिक्रिया