पौडी खेल्न गएका युवा बेपत्ता

इनेप्लिज २०७२ साउन २७ गते १२:३४ मा प्रकाशित

Baglung_district_locationबलेवा (बागलुङ), २७ साउन । पौडी खेल्न खोलामा गएका यहाँका एक युवा बेपत्ता भएका छन् ।

सदरमुकामसँगैको काठेखोलामा मङ्गलबार पौडी खेन्न गएका जिल्लाको दमेकका सञ्जय छन्त्याल बेपत्ता भएका हुन् ।

जिल्लाको दमेक गाविस– ६ का १७ वर्षका छन्त्याल परिवारसहित बागलुङ नपा–४ देउराली चोकमा बस्ने गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । उनी मङ्गलबार दिउँसो साथीसँग पौडी खेल्न जान्छु भनी निस्किएको परिवार स्रोतले बताएको छ ।

साथीले साँझमात्र छन्त्याल बेपत्ता भएको खबर गराएका थिए । मङ्गलबार साँझ खबर पाएपछि आज बिहानैदेखि खोला किनारामा व्यापक खोजीकार्य जारी राखिएको छ ।

सँगै पौडी खेल्न गएका भनिएका बालकले छन्त्याल बेपत्ता भएको खबर गरेपछि प्रहरी र स्थानीयले खोजीकार्य जारी राखेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी शैलेन्द्र खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया