झापाका बाइस वटा उद्योग बन्द
सुरुङ्गा (झापा), २७ साउन । पछिल्लो समय झापामा उद्योग खुल्ने क्रम बढे पनि आव २०७१/७२ मा जिल्लाका २२ वटा उद्योग बन्द भएका छन् ।
आव २०७०/७१ मा भन्दा २०७१/७२ मा उद्योगतर्फ २९२ वटा र वाणिज्यतर्फ २३८ वटा उद्योग दर्ता भए पनि २२ वटा साना ठूला उद्योग बन्द भएको घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत चन्द्रप्रसाद मिश्रले जानकारी दिनुभयो ।
जिल्लामा हालसम्म छ हजार २१३ वटा उद्योगतर्फका उद्योग दर्ता रहेको र वाणिज्यतर्फ सात हजार २८ वटा उद्योग दर्ता भएका छन् । मिश्रका अनुसार आव २०७१/७२ मा उद्योगतर्फका कृषि तथा वन ३१६, उत्पादनमूलक उद्योग २४५, सेवामूलक २०३, निर्माण पाँच र पर्यटनमा चार वटा उद्योग दर्ता भएका छन् ।
त्यस्तै वाणिज्यतर्फ एक हजार १२३ र साझेदारी फर्म २९ वटा दर्ता भएको उद्योग अधिकृत मिश्रले बताउनुभयो । घरेलु तथा साना उद्योग कार्यालयले आव २०७१/७२ मा रु दुई करोड १२ लाख १२ हजार ३०० राजस्व सङ्कलन गरेको छ । जसमा वाणिज्यतर्फ रु एक करोड ५२ लाख ६४ हजार ९०० र उद्योगतर्फ रु ५३ लाख ३७ हजार ४०० राजस्व सङ्कलन भएको छ ।
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
टेक्सस ह्युस्टनको कवाडी बजारमा गोली चल्दा २ जनाको मृत्यु, ३ जना घाइते
बुद्ध जयन्तीको उपलक्ष्यमा कोलोराडोमा शान्ति पदयात्रा सम्पन्न
प्रतिक्रिया