पश्चिममा पेट्रोलको चर्को अभाव
इनेप्लिज
२०७२ साउन २७ गते १२:२५ मा प्रकाशित
भीमदत्तनगर, २७ साउन । लगातार पाँच दिनदेखिको बन्दले कैलाली र कञ्चनपुरमा पेट्रोलको अभाव भएको छ ।
विभिन्न पक्षले आ–आफ्ना माग राख्दै आह्वान गरेको बन्दका कारण कञ्चनपुरको महेन्द्रनगर, सुडा, दैजी, झलारी र कैलालीको अत्तरिया, धनगढी, टीकापुरलगायतका बजारमा पेट्रोलको अभाव भएको हो ।
नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढीबाट सहज आपूर्ति नभएका कारण आइतबारदेखि पेट्रोलको अभाव भएको व्यवसायीले बताएका छन् । नेपाल आयल निगम क्षेत्रीय कार्यालयले पेट्रोलियम पदार्थ ढुवानीमा प्रहरी र प्रशासनसँग सहकार्य हुन नसकेका कारण अभाव भएको जनाएको छ ।
पेट्रोलको अभाव हुँदा मोटरसाइकल प्रयोगकर्ता किराना पसलबाट प्रतिलिटर रु १२० देखि रु १५० सम्म तिरेर पेट्रोल किन्न बाध्य भएका छन् । कञ्चनपुरका बासिन्दाले सीमावर्ती भारतीय सहरहरूमा गएर पेट्रोल ल्याइरहेका छन् ।
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन सम्पन्न
अमेरिकामा केटी बनेर केटालाई नग्न तस्बिरहरु आदान-प्रदान गर्न बाध्य बनाए पछि १७ बर्षिय केटाद्वारा आत्महत्या
न्यूयोर्कमा नेपाल झल्काउने ‘नेपाल डे’ परेड
शिकागो म्याकडोनाल्ड्स बाहिर क्रूर हिंसामा ९ जनालाई गोली प्रहार ,२ जनाको मृत्यु
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार संक्रमित ,३०१ जनाको मृत्यु
प्रतिक्रिया