बैठक बहिष्कार
काठमाडौँ, २७ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल), सङ्घीय समाजवादी फोरम नेपाल, सद्भावना पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी, तराई मधेस सद्भावना पार्टीलगायत दलले संविधानसभाको आजको बैठक बहिष्कार गरेका छन् ।
प्रमुख चार राजनीतिक दलले संविधानका विषयमा गरेको सहमतिमा आफूहरुको धारणा समावेश नगरिएको भन्दै ती दलले बैठक बहिष्कार गरेका हुन् । आजको बैठकमा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले पेस गरेको प्रतिवेदनमाथिको छलफल जारी छ ।
यसअघि, राप्रपा नेपालका सभासद् कुन्ती शाहीले चार दलका नेताले आफ्नो स्वार्थलाई मात्र हित हुने गरी संविधानको मस्यौदा ल्याएको आरोप लगाउनुभयो ।
उहाँले मुलुकका विभिन्न स्थानमा भइरहेको प्रदर्शनमा सरकारले दमन गरेको, नागरिकले शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पाउने संवैधानिक अधिकारसमेत हनन गरिएको बताउनुभयो ।
सद्भावना पार्टीका सभासद् नरसिंह चौधरीले संविधानमा सबै क्षेत्र, वर्गको भावना समेटिनुपर्नेमा त्यसो नभएकाले आफूहरु विरोध गर्न बाध्य भएको बताउनुभयो ।
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया