डेढवर्षदेखि फरार अभियुक्त पक्राउ
इनेप्लिज
२०७२ साउन २७ गते ४:१२ मा प्रकाशित
इलाम, २७ साउन । सवारी ज्यान मुद्दामा डेढ वर्षदेखि फरार एक अभियुक्तलाई प्रहरीले यहाँ पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा इलाम नयाँबजार–४ का २४ वर्षीय दीपेन्द्र भनिने देवेन्द्र जोगी रहेका छन् । सवारी ज्यान मुद्दामा धरौटीमा रिहा भएका जोगीलाई जिल्ला अदालत इलामले एक महिना कैद र रु दुई हजार जरिवानाको फैसला सुनाएपछि उनी फरार भएका थिए । लुकिछिपी बस्दै आएका जोगीलाई सुराकीका आधारमा प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो ।
जोगीलाई अदालतमा बुझाइएको प्रहरी निरीक्षक यामबहादुर पौडेलले बताउनुभयो ।
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन सम्पन्न
अमेरिकामा केटी बनेर केटालाई नग्न तस्बिरहरु आदान-प्रदान गर्न बाध्य बनाए पछि १७ बर्षिय केटाद्वारा आत्महत्या
न्यूयोर्कमा नेपाल झल्काउने ‘नेपाल डे’ परेड
शिकागो म्याकडोनाल्ड्स बाहिर क्रूर हिंसामा ९ जनालाई गोली प्रहार ,२ जनाको मृत्यु
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार संक्रमित ,३०१ जनाको मृत्यु
प्रतिक्रिया