पहिरोले थप बत्तीस परिवार विस्थापित
भीमदत्तनगर, २७ साउन । पहिरोमा परी एकै परिवारका पाँचसहित छ जनाको ज्यान लिएको डोटीको डौड गाविस–३ मा आएको पहिरोले थप ३२ परिवार विस्थापित भएका छन् ।
सोमबार रातिदेखि आइरहेको पहिरोका कारण यहाँका ३२ परिवार हालसम्म विस्थापित भइसकेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । एक्कासि गाउँ माथिबाट खसेको पहिरोले गाउँ प्रभावित बनेको बताउँदै जिप्रकाका प्रमुख प्रहरी नायब उपरीक्षक डम्बरबहादुर चन्दले स्थानीय प्रहरी चौकी मङ्गलबारदेखि उद्धार तथा शव उत्खननमा जुटेको जानकारी दिनुभयो ।
डोटी सदरमुकामबाट १० घन्टाको पैदल दूरीमा रहेको पहिरोस्थलमा कार्यालयका प्रहरी निरीक्षक बोधराज ओझाको नेतृत्वमा प्रहरी टोली घटनास्थल गएको उहाँले जानकारी दिनुभयो । “अहिले गाउँको क्षति विवरण ६ जनाले ज्यान गुमाएको बाहेक चौपाया र धनमाल क्षति पुगेको खबर आएको छ”, चन्दले भन्नुभयो, “पूरै गाउँ नै पहिरोमा परेको आशङ्कासमेत गरिएको छ ।”
पहिरोपीडितलाई गाउँका सरकारी विद्यालयमा सारिएको समेत उहाँले बताउनुभयो ।
अमेरिकाको वासिङ्टन राज्यको टकोमा शहरमा आयोजित नृत्य समारोह कम्तीमा ८ जनालाई गोली प्रहार
अमेरिकाको सान फ्रान्सिस्कोमा प्रथम कुकुर उत्सव मनाइने
बाल्टिमोरको बानाले दोश्रो अन्तरराज्य भलिवल प्रतियोगिता -२०२२ आयोजना गर्ने घोषणा
अमेरिकाको इलिनोइस राज्यको एक भवनमा ३ जनालाई गोली प्रहार ,बन्दुकधारी अझै फरार
बाइडेन युरोपमा हुने शिखर सम्मेलनको लागि एक हप्ताको लागि प्रस्थान
प्रतिक्रिया