सोमबार, असार ७ २०७८
काठमाडौं ०४:३४
वासिङटन डिसी 18:49

मुदीको खाम्लामा पहिरो जाँदा चार परिवार विस्थापित

इनेप्लिज २०७२ साउन २७ गते ४:१० मा प्रकाशित

बाबियाचौर (म्याग्दी), २७ साउन । म्याग्दीको मुदी गाविस–६ खाम्लामा पहिरो जाँदा चार घरपरिवार विस्थापित भएका छन् ।

यही साउन २१ गतेदेखि बस्तीमाथिबाट निरन्तर खसिरहेको पहिरोका कारण थप छ घर जोखिममा परेका छन् । खाम्लाका छविलाल विक, सबहादुर विक, फरम विक र रुपबहादुर बुढाको परिवार विस्थापित भएका स्थानीय चन्द्रज्योति माविका प्रधानाध्यापक थमसरा पुनले बताउनुभयो ।

उहाँका अनुसार उनीहरु पहिरोबाट बच्नका लागि सुरक्षित ठाउँमा रहेका आफन्त र गोठमा गएर बसेका छन् । पहिरोले दुईवटा घर भत्कने अवस्थामा पुगेको छ । पहिरोले अन्य छवटा घर पनि जोखिममा परेको र धानबाली लगाएको खेतमा पनि क्षति पु¥याएको छ ।

खिवाङ र खाम्लाको बीच भागमा पर्ने उक्त ठाउँमा गएको पहिरोका कारण विद्यार्थी, बटुवा र कृषकलाई एक घन्टा घुमाउरो बाटो प्रयोग गर्नुपर्ने अवस्था रहेको छ । यसअघि साउन १३ गते मुदी–५ नेरवाङको गाखर्कमा गएको पहिरोमा पुरिएर दुईको मृत्यु भएको थियो भने चारजना अझै बेपत्ता छन् ।

प्रतिक्रिया