मोरङल जेसीजले पत्रकार सम्मेलनको आयोजना गर्ने
पथरी, २६ साउन
मोरङ पथरीशनिश्चरेमा स्थापित पथरी जेसीजले साउन ३० गते क्षेत्र क अध्यक्षीय (एरिया ए प्रेसिडेन्ट मिट २०१५) आयोजना गर्ने भएको छ । सो कुरा मंगलबार पथरीशनिश्चरे–८ जिरिखिम्तीमा रहेको जेसीजको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको हो ।
यस कार्यक्रममा पश्चिममको मलंवादेखि पूर्वको मेची सम्मको ३ वटा जुनियर ३ वटा महिला गरी ३८ वटा शाखाबाट सहभागी हुनेछन् । नेपाल जेसीजको एरिया ए.बी.सी. र डी. गरी ४ वटा क्षेत्र रहेकोमा एरिया ए को प्रेसिडेन्ट मिट २०१५ को आयोजना पथरी जेसीजले पहिलो पटक होे । कार्यक्रम पथरी जेसीजका पूर्व अध्यक्ष जेसी जीवन कटुवाल संयोजकत्वमा हुनलागेको वर्ष २०१५ अध्यक्ष जेसी दीपेन्द्र तिम्सिनाले जानकारी दिए ।
एरिया ए मा रहेका शाखाहरुको आत्मीयता, गतिविधि आदान प्रदान एवं यस पथरीशनिश्चरे नगरीलाई पूर्वको मेचीदेखि महाकालीसम्म चिनाउनको लागि यो कार्यक्रम कोशेढुंगा सावित हुने कुरा पत्रकार सम्मेलनमा प्रचार प्रसार समितिका संयोजक पथरी जेसीजका सचिव जेसी सन्तोष ढुंगोलले बताए ।
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
टेक्सस ह्युस्टनको कवाडी बजारमा गोली चल्दा २ जनाको मृत्यु, ३ जना घाइते
बुद्ध जयन्तीको उपलक्ष्यमा कोलोराडोमा शान्ति पदयात्रा सम्पन्न
प्रतिक्रिया