बजेट अभावमा बधशाला निर्माणको काम अन्योलमा

इनेप्लिज २०७२ साउन २६ गते ३:३३ मा प्रकाशित

पथरी (मोरङ), २६ साउन । विराटनगर उपमहानगरपालिका र पशुसेवा विभागको संयुक्त लगानीबाट विराटनगर–११ मा निर्माणाधीन पशु बधशाला निर्माणको काम अन्योलमा परेको छ ।

बजेट अभावमा बधशाला निमार्णको काम अन्योलमा परेपछि पशुसेवा विभागको रु ६० लाख र विराटनगर उपमहानगरपालिकाको रु ३८ लाख गरी रु ९८ लाख खेर जाने अवस्थामा पुगेको छ ।

आव २०६५÷६६ बजेट निकास भएपनि विराटनगर उपमहानगरपालिका–११ मा निर्माण सुरु गरिएको बधशालाले बजेट अभावमा हालसम्म पूर्णता नपाएको विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मीले बताउनुभयो ।

सरकारले बधशाला निर्माणका लागि छुट्टै बजेट नपठाएकाले निर्माण कार्य अन्योलमा परेको हो ।

विराटनगर उपमहानगरपालिका इन्जिनियर भरत न्यौपानेका अनुसार निर्माण सुरु हुन नपाउँदै सबै काम रोकिएको थियो ।

अहिलेसम्म रु एक करोड खर्च भइसकेको र अब भौतिक संरचना निर्माणमा मात्र रु दुई करोड ५० लाख र मेसिन खरिद र जडानको लागि गरी झन्डै रु नौ करोड खर्च हुने न्यौपानेको अनुमान छ ।

प्रतिक्रिया