मोरङमा जुटको खेती घट्दै
विराटनगर, २५ साउन । नेपालमै सबैभन्दा बढी जुट उत्पादन हुने गरेको मोरङमा बर्सेनि जुटको खेतीतर्फ किसानको आकर्षण घट्दै गइरहेको छ ।
लगानी अनुकूल प्रतिफल प्राप्त नहुनु, जुटको माग घट्दै गएको तथा मजदुरको अभावका कारण किसानको आकर्षण घट्दै गएको हो । जुटको बाली भित्र्याउने मुख्य समय साउन मसान्तदेखि भदौको पहिलो सातासम्म हो । यस अवधिमा किसान जुटबाली भित्र्याएपछि अगहनी जातको धानको रोपाइँ गर्न पाउँछन् ।
चार दशक पहिले मोरङमा ६० हजारभन्दा बढी हेक्टरमा जुटको खेती हुने गरेकामा क्रमिक रुपमा घट्दै अहिले सात हजार ४४५ हेक्टर जग्गामा मात्र जुटको खेती हुने छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार गत वर्ष एक हजार ३९० किलो प्रतिहेक्टरका दरले १० हजार ४१० मेट्रिकटन जुट उत्पादन भएको थियो ।
रङ्गेली मार्गको वरपरको क्षेत्रका साथै दक्षिणी भेगका बुधनगर, नोचा, भातिगछ, डाइनिया, अमदुवालगायतका गाविसमा जुटको खेती हुने गर्छ । विगतका वर्षमा मोरङमा उत्पादन भएका जुट भारतका साथै बङ्गलादेशमा निर्यात गरिन्थ्यो । विराटनगरस्थित जुट मिलहरुले पनि अधिकांश मात्रामा खरिद गर्ने गरेका थिए । अहिले अधिकांश जुट मिल बन्द भएपछि अधिकांश किसान अन्य बालीतर्फ अग्रसर भएका छन् ।
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
न्युयोर्कका सांसदहरूले सरकारी भवन र विद्यालयमा लुकाएर हतियार बोक्न प्रतिबन्ध लगाउने विधेयक पारित
न्यूयोर्कको लायन्स क्लब अफ क्विन्स बुद्धको अध्यक्ष पदमा बिक्की पुलामी निर्वाचित
फ्लोरिडा राजमार्ग गस्तीद्वारा मानव तस्करीका विभिन्न घटनामा दुई दिनमा दुई जना पक्राउ
अमेरिकाको केन्टकीमा बन्धुकधारीको आक्रमणबाट २ प्रहरीहरुको मृ्त्यु
प्रतिक्रिया