खोलामा डुबेर एकको मृत्यु, बृद्धको शव फेला

इनेप्लिज २०७२ साउन २४ गते १४:५७ मा प्रकाशित

भीमदत्तनगर, २४ साउन । डडेल्धुराको परशुराम नगरपालिका–७ का डोलिफेडाका भविसरा घर्तीको आज खोलामा डुबेर मृत्यु भएको सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दिपायलले जनाएको छ ।

स्थानीय साधनी बजारमा आफन्तलाई भेट्न जानेक्रममा नदी तर्दा घर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले शवको उद्दार गरी आफन्तको जिम्मा लगाइसकेको छ ।

त्यसैगरी, कञ्चनपुरको दोधारा चादँनी नगरपालिकाका एक वृद्ध आज मृत अवस्थामा फेला परेका छन् । शनिबार सिमावर्ती भारतीय क्षेत्रमा भैँसी चराउन गएका दोधारा चाँदनी नगरपालिका–१ का ६५ वर्षीय नरे धामी बेपत्ता भएका थिए ।

उनी भारतको मेलाघाटस्थित नदी किनारमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया