किसान गाईवस्तुको मलमूत्र बिक्री गर्दै
इलाम, २४ साउन । प्राङ्गारिक मलप्रति आकर्षण बढेसँगै जितपुर गाविसका किसानले गाईभैँसीको मलमूत्रबाट समेत राम्रो आम्दानी गर्न थालेका छन् ।
जितपुर–४ स्थित नवमी चिया उत्पादक सहकारी संस्थाले चिया, अदुवा तथा तरकारी खेतीलाई पूर्ण प्राङ्गारिक बनाउन गाईवस्तुको मलका साथै जैविक विषादीको प्रयोग गर्न थालेपछि गोबर र गहुँतको गाउँमै व्यापार हुन थालेको हो । यसबाट किसानले पशुपालन व्यवसाय पनि बढाउन थालेका छन् । संस्थाले किसानको गोठमै गएर मल खरिद गरिदिएपछि किसानलाई झनै राहत मिलेको छ ।
प्राङ्गारिक चिया, अदुवा र तरकारीका लागि गड्याँैले मल चाहिने र गड्यौँलाका लागि गाईवस्तुको मल आवश्यक पर्ने भएकाले गोठेमल संस्थाले किन्न थालेको नवमी चिया उत्पादक सहकारी संस्थाका अध्यक्ष चिरञ्जीवी कट्टेलले बताउनुभयो । गड्यौँले मल प्रयोग गरिएपछि उत्पादनसमेत राम्रो र स्वस्थकर हुने किसान बताउँछन् ।
किसानको गोठको मल प्रतिट्र्याक्टर रु पा“च हजारदेखि छ हजारसम्म संस्थाले खरिद गरिरहेको छ । गाईभैँसी पाल्दा दूध, बाच्छाबाच्छी मात्र नभई गोबर पनि बिक्री हुन थालेपछि पशु चौपायाबाट मनग्ये आम्दानी हुन थालेको जितपुर–५ का रवीन खनाल बताउनुहुन्छ । संस्थाले अहिले जितपुरका १०० भन्दा बढी पशुपालक किसानबाट नियमित रुपमा गोबर खरिद गरिरहेको छ ।
अदुवा, चिया र तरकारीका लागि आफैँ गड्याँैलापालन गरिरहेको र प्राङ्गारिक मल उत्पादन गर्न पशुको मल पनि चाहिने भएकाले उत्पादित मल सहकारीले खरिद गरेको अध्यक्ष कट्टेलले बताउनुभयो । “मल उत्पादन गरेर चिया सहकारीलाई बिक्री गरिन्छ”, कट्टेल भन्नुहुन्छ, “अहिले त घरघरै गएर किन्न थालेका छौँ ।”
जितपुरमा विभिन्न सहकारी संस्था स्थापना भएका छन् । रासायनिक मललाई विस्थापन गर्दै यहाँका किसानले प्राङ्गारिक मल प्रयोगमा ल्याउन थालेको चार वर्षभन्दा बढी भएको छ । पा“च वर्षअघि स्थापित नवमी चिया उत्पादक सहकारी संस्थाले गड्याँैले मल उत्पादन गरी प्राङ्गारिक चिया उत्पादन गर्दै आएका जिल्लाका अन्य किसान तथा सहकारीलाई सहुलियत दरमा मल बिक्री गर्दै आएको छ ।
कोल्बङुस्थित इको चिया उत्पादक सहकारी संस्थाले पनि प्राङ्गारिक चिया उत्पादनका लागि छ वर्षदेखि गड्याँैलापालन गरिरहेको छ । सहकारीले उत्पादन गरेको गड्यौँले मल स्थानीय प्राङ्गारिक चिया उत्पादक किसानलाई सहुलियतमा बिक्री गरिँदै आएको संस्थाका व्यवस्थापक गणेश अर्यालले बताउनुभयो ।
प्राङ्गारिक गड्यौँले मल कृषि सामग्री कम्पनीले समेत खरिद गर्न थालेको छ । कम्पनीले किसानबाट खरिद गरी रासायनिक मल किन्न आउने जिल्लाका अन्य किसानलाई पनि प्राङ्गारिक मलको फाइदा र महत्वबारे थप प्रस्ट पार्दै बिक्री गर्ने गरेको कृषि सामग्री कम्पनीका जितबहादुर राईले बताउनुभयो ।
गत आवमा मात्रै कम्पनीले छ मेट्रिक टन भर्मी कम्पोस्ट अर्थात् गड्याँैले मल बिक्री गरेको छ । प्राङ्गारिक मलको माग धेरै भए पनि उत्पादन धेरै गर्न नसकिएको संस्थाले जनाएको छ ।
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया