आयुर्वेदको औषधि उपचार गराउनेको सङ्ख्यामा वृद्धि

इनेप्लिज २०७२ साउन २१ गते १:५० मा प्रकाशित

Trifalaसुरुङ्गा (झापा), २१ साउन । पछिल्लो समय आयुर्वेद चिकित्सा पद्धतिमार्फत औषधि उपचार गर्नेको सङ्ख्यामा वृद्धि भएको छ ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चन्द्रगढीका सूचना अधिकारी सकलदेव चौधरीका अनुसार आव २०७१/७२ मा सो केन्द्रबाट ३५ हजार ६२५ ले सेवा लिएका छन् । आव २०७०/७१ मा २५ हजार २१५ ले सेवा लिएको चौधरीले बताउनुभयो ।

सरकारले आयुर्वेद चिकित्सा पद्धतिबाट उपचार गराउने सेवाग्राहीका लागि १४० प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने गरेको र उक्त औषधि सेवाग्राहीलाई स्वास्थ्य जाँचपछि वितरण गर्ने गरेको बताइएको छ । आयुर्वेद चिकित्सा पद्धतिमा जन्डिस, ग्यास्ट्रिक, बाथ, सुत्केरी महिला, पथरी लगायतका रोगी बढी मात्रामा उपचारका लागि आउने गरिएका छन् ।

झापामा अहिले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चन्द्रगढीसहित बाहुनडाँगी, बुधबारे, शनिश्चरे, दुधे, वैगुनधुरामा आयुर्वेद औषधालय सञ्चालनमा रहेका छन् भने एक महिनाअघि मात्रै चकचकी र शरणामती गाविसबाट पनि सेवा सुरु गरिएको सूचना अधिकारी चौधरीले बताउनुभयो ।

प्रतिक्रिया