अर्घाखाँची, २० साउन । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा गएराति पौने १२ बजे दुईवटा मोटरसाइकलमा आगजनी भएको छ ।
सन्धिखर्क नगरपालिका–२ चुत्राबेसीमा पार्किङ गरिराखेको लु११प ७७८२ र लु४प २७२५ नम्बरको मोटरसाइकलमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले बताएको छ ।
मोटरसाइकल आगो लगाउने समूह अथवा व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया