भरतपुर अस्पतालमा एघार हजारले लिए सुत्केरी सेवा
चितवन, २० साउन । चितवनको भरतपुर अस्पतालमा आर्थिक वर्ष २०७१/७२ मा ११ हजार ३६४ जनाले सुत्केरी सेवा लिएका छन् ।
अस्पतालमा आठ हजार ३१६ ले साधारण सुत्केरी गराएका छन् भने शल्यक्रिया गरेर सुत्केरी सेवा लिनेको सङ्ख्या दुई हजार ४६५ रहेको अस्पतालले जनाएको छ । यस्तै जटिलतायुक्त सुत्केरी सेवा ५८३ ले लिएको अस्पतालका तथ्याङ्क इकाईका प्रमुख नारायण रिजालले जानकारी दिनुभयो ।
अस्पतालमा १४० मृतक जन्मिएकोे, २२ जुम्ल्याहा बच्चा जन्मिएको, जन्मिएपछि आठ बच्चाको मृत्यु भएको तथ्याङ्क छ । सुत्केरी गराउँदा दुई महिलाको मृत्यु भएको छ । यो कुल सुत्केरी सेवा लिने महिलाको ०.०२ प्रतिशत रहेको छ । उल्टो बच्चा जन्मिनेको सङ्ख्या ५३ रहेको छ । कुल सुत्केरी सेवा लिनेबाहेक सो अस्पतालमा ७३८ जना सुत्केरी महिलामा जटिलता व्यवस्थापन गरिएको छ । भरतपुर अस्पतालमा अघिल्लो वर्ष आर्थिक वर्षको तुलनामा एक हजार २०० बढी महिलाले सुत्केरी सेवा लिएका छन् । अस्पतालमा प्रसूति तथा स्त्री रोग सेवाका लागि ११५ श्यया छुट्याइएको छ ।
चौबिसै घन्टा सबै प्रकारको शल्यक्रिया सुविधा, सुरक्षित सुत्केरी सेवा प्रदान गरिने र अन्य प्रकारका रोग महिलामा भएमा पनि विशेषज्ञ चिकित्सकको सेवा उपलब्ध भएकाले सर्वसाधारणमा भरतपुर अस्पतालप्रति विश्वास बढेको स्त्री तथा प्रसूति रोग विभागका प्रमुख डा सुनिलमणि पोख्रेलले दाबी गर्नुभयो ।
“हामीले श्ययाको अभावका कारणले भुइँमा राखेर समेत सुत्केरी गराउनुपर्ने अवस्था छ”, विभागीय प्रमुख डा पोख्रेलले भन्नुभयो, “मौजुदा मानव संसाधन, श्यया सङ्ख्या थप नगर्ने हो भने, चाप धान्न सकिँदैन । भरतपुर अस्पतालमा विगत सात वर्षदेखि आमा सुरक्षा कार्यक्रम पनि लागू हुँदै आएको छ । भरतपुर अस्पतालमा १५ जिल्लाकाले सुत्केरी गराउन आउने गरेको तथ्याङ्क छ ।
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया