रामपुर (पाल्पा), २० साउन । नेपाल ट्रेड युनियन काँग्रेसले अति विपन्न, न्यून आय भएका श्रमिकका बालबालिकालाई पोसाक वितरण गरेको छ ।
जापान सरकारको सहयोगी संस्था जिलाफको सहयोगमा ५० जना श्रमिकका बालबालिकालाई पोसाक वितरण गरिएको हो । कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सचिव अजयमान कर्माचार्यले विपन्न वर्गका बालबालिकालाई विद्यालय पोसाक वितरण गरेकामा प्रशंसा गर्दै उच्च शिक्षा सम्मको अध्ययन गराउन सकिए थप सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो ।
विद्यालयका सहायक प्राचार्य विष्णु पोखरेलले यस्ता कार्यक्रमबाट विपन्न वर्गका बालबालिकालाई अध्ययन गर्न थप सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो ।
प्रतिक्रिया