धारिलो हतियार प्रहारबाट मृत्यु

इनेप्लिज २०७२ साउन १७ गते १४:५० मा प्रकाशित

hatyaबर्दिया, १७ साउन । बर्दियाको गोला गाविस–२ जोधिपुरका ३६ वर्षीय गङ्गाधर चालिसेको धारिलो हतियार प्रहारबाट मृत्यु भएको छ ।

सोही ठाउँका श्याम बिसी भनिने टीकाराम बुढा क्षेत्रीले गङ्गाधरमाथि खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

आपसी लेनदेनको विवादमा गएराति टीकारामले गङ्गाधरलाई खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका चालिसेलाई उपचारका लागि जिल्ला अस्पताल पु¥याएपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराम परियारले बताउनुभयो ।

खुकुरी प्रहार गर्ने टीकाराम फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया