मेट्रो रनको शुभारम्भ
विराटनगर, १६ साउन । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले विराटनगरस्थित सहिद मैदानमा आज ‘विराटनगर मेट्रो रन’ कार्यक्रमको शुभारम्भ गर्नुभयो ।
मेट्रो लायन्स क्लब विराटनगरद्वारा आयोजित सो कार्यक्रमअन्तर्गत अबदेखि प्रत्येक शनिबार बिहान ७ बजे सहिद रङ्गशालाबाट झन्डै तीन किमीको दौड आयोजना गरिने छ । ‘स्वास्थ्य नै जीवन हो’ नाराका साथ सुरु गरिएको दौडमा जुनसुकै उमेरका मानिसले सहभागिता जनाउन सक्ने आयोजक संस्थाका अध्यक्ष कैलाश श्रेष्ठले बताउनुभयो ।
दौडमा प्रत्येक सप्ताह सहभागी हुने खेलाडीलाई ‘माइलेज कार्ड’ दिइने र १० सप्ताह सहभागी भएकालाई उपहारस्वरुप टिसर्ट उपलब्ध गराइने आयोजकले जनाएको छ । निरन्तर सहभागी भएका खेलाडीलाई आयोजक क्लबको स्थापना दिवसमा हुने प्रतियोगितामा सहभागी गराएर विजयीलाई पुरस्कृत गरिने बताइएको छ ।
सो अवसरमा मन्त्री पण्डितले नागरिक स्वस्थ्य भए मात्र देशको सर्वाङ्गीण विकास हुने बताउनुभयो ।
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया