सोमबार, जेठ २ २०७९
काठमाडौं २१:०६
वासिङटन डिसी 11:21

पूर्णगाउँमा १२ घर बाढीको उच्च जोखिममा

इनेप्लिज २०७२ साउन १६ गते १:५२ मा प्रकाशित

Myagdi_district_locationबेनी (म्याग्दी), १६ साउन । म्याग्दीको कुहुँ–१ र २ पूर्णगाउँका १२ वटा घर बाढीको उच्च जोखिममा परेका छन् ।

गएरातिदेखि परेको अविरल वर्षासँगै पर्यटकीय क्षेत्र टोड्केबाट आएको बाढी र भेलका कारण ती घर जोखिममा परेका हुन् ।

कुहुँ–२ पूर्णगाउँका प्रेमप्रकाश रेग्मी, रुकबहादुर खत्री, यामबहादुर खत्री, गोरखबहादुर खत्री, ध्रुव खत्री, भविसरा पुन र कुहुँ–१ पूर्णगाउँका बलबहादुर विकलगायतका घर जोखिममा परेको स्थानीय सागर सुवेदीले जानकारी दिनुभयो ।

प्रतिक्रिया