ढुङ्गा, गिट्टीको अभावले जयश्री पुलको वैकल्पिक सडक निर्माणमा ढिलाइ
कावासोती, १६ साउन । गैँडाकोटको जयश्री पुल भाँचिएपछि भरपर्दो वैकल्पिक सडक (डाइभर्सन) निर्माणमा ढिलाइ भएको छ ।
ह्युमपाइप राख्ने काम भए पनि सामग्रीको अभावमा निर्माणको कामले गति लिन नसकेको पश्चिमाञ्चल सडक डिभिजन कार्यालय बुटवलले जनाएको छ ।
खोलाबाट ढुङ्गा, गिट्टी ल्याउन नपाउँदा कामले गति लिन सकेको छैन सडक डिभिजन कार्यालय बुटवलका सव इन्जिनियर विष्णु खनालले भन्नुभयो । अमरापुरीको झरही खोलामा ढुङ्गा लिन ट्र्याक्टर जाँदा स्थानीयले अवरोध गरेपछि समस्या थपिएको छ ।
जिल्लाका खोलामा जिल्ला विकास समिति नवलपरासीले ठेक्का नलगाएकाले स्थानीयबाट खोलाजन्य सामग्री उठाउन समस्या भएको उहाँले बताउनुभयो ।
ढुङ्गाको अभावमा ग्याबिङ भर्ने काम हुन नसक्दा दोहोरो गाडी पासमा समस्या भएको छ । ठूला गाडी पास हुन घन्टौँ लाग्ने हुँदा यात्रुले ठूलो सास्ती पाएका छन् ।
सोमबारदेखि रोकिएका मालबाहक गाडी भने अहिलेसम्म पनि गन्तव्यमा पुग्न सकेका छैनन् । देशकै प्रमुख सडक पूर्वपश्चिम राजमार्ग बन्द हँुदासमेत सरकारले ध्यान नदिएको भन्दै यात्रुले गुनासो गरेका छन् ।
यस सम्बन्धमा सहायक प्रमुख जिल्ला अधिकारी माधव ढुङ्गानाले भन्नुभयो– “यो कामको अकण्र्मयता हो अरुलाई दोष दिएर काममा ढिला गर्ने बहाना बनाइनुहुन्न ।” प्रमुख जिल्ला अधिकारीसँगको सल्लाहमा जुन खोलाबाट सामान ल्याउन पनि दिएका छौँ अझ अवरोध आउँला भनेर टिपरमै तीन÷चार जना प्रहरीको व्यवस्था गरेका छौँ सहायक प्रजिअ ढुङ्गानाले थप्नुभयो ।
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
न्युयोर्कका सांसदहरूले सरकारी भवन र विद्यालयमा लुकाएर हतियार बोक्न प्रतिबन्ध लगाउने विधेयक पारित
न्यूयोर्कको लायन्स क्लब अफ क्विन्स बुद्धको अध्यक्ष पदमा बिक्की पुलामी निर्वाचित
फ्लोरिडा राजमार्ग गस्तीद्वारा मानव तस्करीका विभिन्न घटनामा दुई दिनमा दुई जना पक्राउ
अमेरिकाको केन्टकीमा बन्धुकधारीको आक्रमणबाट २ प्रहरीहरुको मृ्त्यु
प्रतिक्रिया