सरकार खेलकुदको विकासमा अग्रसर छ: मन्त्री बस्नेत

इनेप्लिज २०७२ साउन १५ गते १४:२२ मा प्रकाशित

Mahesh_20150204063639भक्तपुर, १५ साउन । उद्योग मन्त्री महेश बस्नेतले खेलकुद क्षेत्रको विकासमा सरकार अग्रसर रहेको बताउनुभएको छ ।

भारतमा हुन लागेको अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिन आज त्यसतर्फ प्रस्थान गरेका खेलाडीलाई बिदाई कार्यक्रममा बोल्दै उहाँले नेपालको खेलकुदमा नयाँ उत्साह थपिदै आएसँगै सरकार खेलको विकासका लागि अग्रसर रहेको बताउनुभयो ।

नेपालका खेलाडीले पनि खेलको माध्यमबाट देशको नाम उच्च राख्न सफल भएको चर्चा गर्दै उहाँले खेलकुद क्षेत्रलाई गाउँगाउँसम्म विकास गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा भारत प्रस्थान गर्न लागेका नेपाल सितेरियो कराते सङ्घका प्रकाश विष्ट, वीरबहादुर लामा, किक बक्सिङतर्फका विजेश लामा र खगेन्द्र पुनमगरलाई उहाँले खादा ओढाएर बिदाई गर्नुभयो ।

प्रतिक्रिया