करणीको आरोपमा सत्तरी वर्षीय वृद्धलाई एघार वर्ष कैद
पाँचथर, १५ साउन । जिल्ला अदालत पाँचथरले जबर्जस्ती करणी गरेको आरोप लागेका लुङ्रुपा– ३ का ७० वर्षीय देवी राईलाई ११ वर्ष कैद सजाय सुनाएको छ । मुद्दा दर्ता भएको १५ दिनमै राईलाई दोषी प्रमाणित गर्दै सजाय सुनाइएको हो । छिट्टै सुनुवाइ हुनुपर्ने मुद्दामा ढिलाइ हुँदा पीडितले पाउने न्यायको दायरा साँघुरो बन्दै गएका बेला १५ दिनमै मुद्दामाथि फैसला सुनाएर अदालत उदाहरणीय बनेको छ । अदालतले राईलाई कैदसहित रु २५ हजार भरण गर्न आदेश दिएको छ ।
पन्ध्र वर्षीया बालिकालाई राईले जबर्जस्ती करणी गरेको भन्दै अभिभावकले जिल्ला प्रहरी कार्यालय पाँचथरमा जेठ २७ गते उजुरी दर्ता गराएका थिए । उजुरीका आधारमा आरोपितलाई प्रहरीले अनुसन्धान गरी असार १३ गते अदालतमा बुझाएको १५ दिनमै मुद्दा फैसला गरेको हो ।
प्रमाण र साक्षी जुटेपछि १५ दिनमै पीडकलाई सजाय दिन सम्भव भएको जिल्ला अदालत पाँचथरका स्रेस्तेदार इन्द्रहाङ योङ्हाङले बताउनुभयो । लगातार सुनुवाइ गर्नुपर्ने किसिमका गम्भीर प्रकृतिका मुद्दाहरु चाँडै किनारा नलाग्दा प्रमाण नष्ट हुने, साक्षीलाई लोभलालच दिने र अन्य किसिमका सौदाबाजीले पीडितले न्याय नपाउने अवस्था छ । संवेदनशील किसिमका मुद्दाको किनारा चाँडो नहुँदा पीडितले मानसिक तनाब खेप्नुपर्छ ।
अपहरण तथा शरीर बन्धक, आगलागी, घरेलु हिंसा, चोरी, जबर्जस्ती करणी, जीउ मास्ने–बेच्ने, ठगी, मानव बेचबिखन तथा ओसारपसारका मुद्दालाई लगातार सुनुवाइ गरी चाँडो न्याय सम्पादन गर्नुपर्ने नियमावलीमा उल्लेख छ ।
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया