निरन्तरको बर्सादले राँके–रवि सडकखण्ड अवरुद्ध

इनेप्लिज २०७२ साउन १५ गते ४:२१ मा प्रकाशित

Ilam-Mechi-Highwayपाँचथर, १५ साउन । निरन्तरको बर्सादका कारण जिल्लाको राँके–रवि सडकखण्ड अहिले अवरुद्ध बनेको छ ।

बर्सादका कारण सडक बिग्रिएकाले अहिले त्यस सडकमा कुनै पनि सवारीका साधन सञ्चालन हुन सकेका छैनन् । यो सडकको ट्र्याक खोलेको २५ वर्ष बित्न लाग्दा पनि अहिलेसम्म सडकको स्तरोन्नति हुन नसक्दा बर्सादको समयमा सवारीसाधन सञ्चालन हुन नसक्ने स्थानीयवासी बताउँछन् ।

सराङडाँडाका व्यवसायी गङ्गा आङदेम्वेले भन्नुभयो, “अहिले त्यस सडकमा मोटरसाइकलसमेत चलाउन मुस्किल छ, झन् जिप, बस, ट्रक, ट्र्याक्टर चल्ने त अवस्थै छैन, सवारीसाधन नचल्दा अहिले त्यस भेगका एक दर्जन गाविसका स्थानीय पैदल दूरीको यात्रा गर्न बाध्य छन् ।
जिल्लाको लिम्वा, दुरदिम्बा, सराङडाँडा, मौवा, आङना, कुरुम्बा, हाङ्गुम, फाक्तेप, चिलिङदेनलगायत दर्जनभन्दा बढी गाविसका स्थानीयवासी अहिले दुई दिन सम्मको पैदल दूरी हिँडेर सदरमुकाम फिदिम धाउन बाध्य छन् ।

प्रतिक्रिया