झापाका ६ वटा सामुदायिक वन समुदायलाई हस्तान्तरण
इनेप्लिज
२०७२ साउन १५ गते ४:०६ मा प्रकाशित
सुरुङ्गा (झापा), १५ साउन । जिल्ला वन कार्यालय झापाले जिल्लाका ६ वटा सामुदायिक वन समुदायलाई हस्तान्तरण गरेको छ ।
नेपाल सरकारको वन संरक्षण नीतिअन्तर्गत न्यूनतम मापदण्ड पुगेका सामुदायिक वन समूह समुदायलाई हस्तान्तरण गरिएको जिल्ला वन कार्यालय झापाका प्रमुख इन्द्रमणि भण्डारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार पृथ्वीनगर–३ मा रहेको विशाल, जलथलमा रहेको हरियाली, पथरियामा रहेको त्रिवेणी, अभिमुत्तेश्वर, दुर्गाभिट्टा र जलथलमा रहेको पाथीभरा कालिका सामुदायिक वन उपभोक्ता समूह रहेका छन् । योसँगै झापामा हस्तान्तरण भएका सामुदायिक वन समूहको सङ्ख्या ४८ पुगेको छ भने अझै ११ वटा सामुदायिक वन हस्तान्तरणको प्रक्रियामा छन् ।
भर्जिनिया फेयरफ्याक्समा संदिग्ध हत्या-आत्महत्यामा पुरुष र महिलाको मृत्यु: प्रहरी
म्याकडोनाल्डले रुस पूरै छोड्दै
ट्विटर कानूनी टोलीले इलोन मस्कलाई गोप्य सम्झौता उल्लङ्घन गरेको आरोप
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
प्रतिक्रिया