अट्ठाइसवटा सहकारी संस्था खारेज

इनेप्लिज २०७२ साउन १३ गते ३:०१ मा प्रकाशित

काँकडभिट्टा (झापा), १३ साउन । डिभिजन सहकारी कार्यालय झापाले आर्थिक वर्ष २०७१÷७२ मा जिल्लाका २८ वटा विविध प्रकृितका सहकारी संस्थाको खारेज गरेकोे छ ।

विगत दुई वर्षदेखि आर्थिक कारोबारको विवरण, लेखापरीक्षण प्रतिवेदन तथा साधारणसभाको प्रतिवेदन नियमित रुपमा रजिस्ट्रारको कार्यालयमा पेस नगरेका सहकारी सङ्घसंस्थालाई खारेज गरिएको हो ।

डिभिजन सहकारी कार्यालयले यसअघि झापाका पत्रपत्रिका तथा अनलाइनमा ३५ दिने सार्वजनिक सूचनामार्फत निस्क्रिय रहेका १४३ वटा सहकारी संस्थालाई खारेजीतर्फको कारबाही अघि बढाएको सूचना दिँदै कार्यालयमा तुरुन्त सम्पर्क गर्न अनुरोध गरेको थियो । जसमध्ये ५० वटा संस्थाले सम्पर्क गरेका थिए ।

झापामा हाल ८५४ वटा विविध प्रकृतिका सहकारी संस्था क्रियाशील रहेको जानकारी डिभिजन सहकारी कार्यालय झापाका अधिकृत माधवप्रसाद पोखरेलले दिनुभयो ।

प्रतिक्रिया