सशक्त रूपमा आन्दोलनमा उत्रन मोर्चाको आव्हान मोर्चाद्वारा प्रहरीदमनको घोरभर्तसना

इनेप्लिज २०७२ साउन ११ गते १६:४४ मा प्रकाशित

युरोपेली राजदुतले प्रधानमन्त्रीलाई भेट्दै

आज चितवनको नारायणगढ, पूर्वको ईटहरी र रुपन्देहीको बुट्वलमा संयुक्त सनातन मोर्चासहितका धार्मिक एवम् सामाजिक संघसंस्थाहरूले हिन्दू राष्ट्रको माग गर्दै सञ्चालन गरेको चरणबद्ध आन्दोलनको कार्यक्रम अन्तर्गत चिराक जुलुस र जनप्रदर्शनमा प्रहरी प्रशासनको निमर्म धड्पकड, लाठिचार्ज र दमन गरी आन्दोलनकर्मीहरूलाई गिरफ्तार गरेको छ । केही घाईते भएको समाचार आएको छ तर, घाईतेको पूर्ण विवरण खुलिसकेको छैन । चितवनबाट संयुक्त सनातन मोर्चाका जिल्ला संयोजक गणेशप्रसाद शर्माले गराउनु भएको जानकारी अनुसार घाईते हुनेमा रत्न सापकोटासहित पाँचजनामा महिला पनि छन् । घाईतेहरूको भरतपुर अस्पतालमा उपचार भइरहेको थाहा भएको छ ।

यसै सन्दर्भमा संयुक्त सनातन मोर्चा केन्द्रीय कार्यसमितिले एक विज्ञप्ति जारी गरी गिरफ्तार भएकाहरूको शीघ्ररिहाईको माग गर्दै सरकारको सो परधर्मी रवैयाको घोर भर्तना गरेको छ ।
विदेशी डलरमा बिकेर गर्न खोजिएको धर्मनिरपेक्षताको वास्तविकता नेपाली जनताले थाहा पाई यस भूमिको मौलिक पहिचान सनातन हिन्दू राष्ट्रको परिचय एवम् प्रमुख चिनारीलाई संरक्षण गर्न व्यापक दबाब दिएको र सोबाट परधर्मीहरूबाट पाउँदै आएको चारो पाईँदैन भन्ने भयातुर मानसिकताले गरिएको यो हर्कतलाई नेपाली जनताले डटेर सामना गर्न र आफ्नो स्वधर्म कायम एवम् संरक्षणार्थ जुनसुकै पनि मुल्य चुकाउन मोर्चा तयार रहेको छ, मोर्चाका केन्द्रीय संयोजक डा. मिठाराम विश्वकर्माले जारी गर्नुभएको सो विज्ञप्तिमा लेखिएको छ ।
साथै नेपाल सरकारका केही मन्त्री र राजनीतिक दलका नेताले जनताको सुझाव विरुद्ध धर्मनिरपेक्षताको पक्षमा अभिव्यक्ति दिँदै आएको प्रति पनि मोर्चाको गम्भीर ध्यानाकर्षण भएको, जनअभिमत विरुद्ध बोल्दा परिआउनसक्ने अवस्थाको सामना गर्न सम्बन्धित पक्ष समयमै होसियारी रहनसमेत मोर्चाले चेतावनी दिँदै कुनै पनि हालतमा हिन्दूराष्ट्र कायम गर्ने यो जनआन्दोलन उद्देश्य हासिल नभएसम्म नरोकिने दृढतासमेत व्यक्त गरिएको छ ।
हिन्दूराष्ट्र कायम हुने वित्तिकै परधर्मीहरूबाट खाई पाई आएको सेवासुविधा पाईँदैन भन्ने चिन्ताको मानसिकताले ग्रसित भएका आत्मघाती–राष्ट्रघाती तत्त्वहरूको यो रवैया धेरै नटिक्ने र देशभरी हिन्दू आन्दोलन चर्किदो अवस्थामा रहेको हुनाले कुनैपनि स्थितिको डटेर सामना गर्दै झन सशक्त र कडा रूपमा आन्दोलनका निर्धारित कार्यक्रमलाई अगाडि बढाउन सम्बन्धित सबै निकायलाई मोर्चाले सो विज्ञप्तिमार्फत आव्हान गरेको छ ।

प्रेस-विज्ञप्ति २

प्रतिक्रिया