डिसीमा नेवाः अर्गनाईजेसन अफ अमेरिकाको सामुहिक वर्तवन्ध सम्पन्न
अमेरिकाको डिसी महानगर क्षेत्रमा १५ बर्ष अगाडी स्थापना भएको नेवाः अर्गनाईजेसन अफ अमेरिकाको सामुहिक वर्त वन्ध सम्पन्न बिगत बर्ष है यस बर्ष पनि सफलता पुर्वक सम्पन्न भएको छ l
डिसी महानगर क्षेत्रको मन्दिरमा आयोजित सामुहिक केयटा पूजाको लागि अमेरिकाका बिभिन्न राज्यहरु सिकागो ,रोडआई ल्याण्ड , मिचिगन ,न्युयोर्क , ओहायो ,कनेक्टिकट ,न्युइंगल्याण्ड ,भर्जिनिया ,डिसी तथा मेरील्याण्डमा आएका थिए l
नेवाः अर्गनाईजेसन अफ अमेरिकाको मुख्य उदेश्य अमेरिकामा छरिएर रहेका नेवारी समुदायलाई संगठित गर्ने ,संस्कृति ,भाषा ,साहित्य, सामाजिक -आर्थिक तथा प्रबिधि वैज्ञानिक विकासलाई प्रबर्धन गर्दै नया पुस्तालाई यस बारे अवगत पनि गराउनु रहेको सस्थाका अध्यक्ष राम लाल श्रेष्ठले बताए l
उक्त सामुहिक वर्त बन्धको पूजा नेवारी समुदायका पुरोहित बासव राजोपाध्यायले गरेका थिए भने उक्त समारोहमा अमेरिकाका लागि नेपाली राजदुत डा अर्जुन कुमार कार्की प्रमुख अतिथिको रुपमा उपस्थिति रहनु भएको थियो l
राजदुत डा कार्कीले नेवाः अर्गनाईजेसन अफ अमेरिकाले मुलुक बाहिर पनि नेवारी भाषा ,नेपाल भाषा र संस्कृतिलाई सम्बर्धन गर्न अहम भूमिका निर्वाह गरेकोमा हर्ष व्यक्त गर्दै नेपालको पहिचानलाई समेत सम्बर्धन गरेकोमा संस्थालाई बधाई दिनु भएको थियो l
र मन्तब्य कै क्रममा राजदुत कार्कीले सामुहिक बर्तबन्ध गर्ने सबैलाई ग्राजुएटेड हुनु भएकोमा बधाई दिदै नेपालबाट यति टाडा आएर पनि नेपाल भन्दा पनि ज्यादा परिपक्व रुपले बर्त बन्ध गरेकोमा गर्व लागेको बताउनु भयो l
वहाले यो नेवारी समुदायको लागि मात्र गौरबको बिषय नभै नेपालको पहिचानको लागि नेवारी समुदायले खेलेको भूमिका सबैको लागि गौरब को बिषय हो भन्नु भयो l
नेवारी समुदायले गरेको योगदानमा नेपाल सरकार ,राजदुताबास तथा राजदुत को हैसियतले आफुले के कस्तो सहयोग गर्न सकिन्छ त्यसको लागि आफ्नो तर्फबाट सहयोग रहने बताउनु भयो l अध्यक्ष राम लाल श्रेष्ठले सहभागी हुने सबैलाई धन्यबाद दिएका थिए l
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
टेक्सस ह्युस्टनको कवाडी बजारमा गोली चल्दा २ जनाको मृत्यु, ३ जना घाइते
बुद्ध जयन्तीको उपलक्ष्यमा कोलोराडोमा शान्ति पदयात्रा सम्पन्न
प्रतिक्रिया