उपत्यकालाई प्लास्टिक झोलामुक्त बनाउन पुनः अनुगमन गरिने
ललितपुर, १० साउन । सरकारले काठमाडौंँ उपत्यकालाई प्लास्टिक झोलामुक्त क्षेत्र बनाउने अभियानलाई पुनः सुरु गर्ने भएको छ ।
विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागले आज यहाँ पत्रकार सम्मेलनमार्फत उक्त कुराको जानकारी दिएको हो । राजधानीलाई स्वच्छ सहरको रुपमा स्थापित गराउन सरकारले थालेको सो अभियान वैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण रोकिएको थियो ।
विभागले वैशाख एकदेखि ११ गतेसम्म विभिन्न ठाउँमा गरिएको अनुगमनमा सरकारको निर्देशन बिपरित प्लास्टिक झोला बिक्री गर्ने १२ जना व्यापारीलाई नियन्त्रणमा लिई कारबाही अगाडि बढाएको विभागका महानिर्देशक सुरज पोखरेलले बताउनुभयो ।
सो अवधिमा विभागले छसय व्यवसायीको पसलमा अनुगमन गरेको थियो । उहाँले सरकारको निर्देशनअनुसार प्लास्टिक झोला प्रयोग नगर्न व्यवसायीलाई सुझाव दिने गरेको बताउनुभयो ।
अनुगमनको क्रममा विभागले करिव ३० क्वीन्टल प्लास्टिक झोला नियन्त्रणमा लिएर राखेको र त्यसलाई प्रक्रिया पु¥याएर लिलामीको तयारी भइरहेको जानकारी दिनुभएको छ ।
विभागको संयोजकत्वमा नागरिक समाज, सञ्चारकर्मी, सुरक्षाकर्मी, स्थानीय निकायका प्रतिनिधि, कलाकारलगायत आठवटा टोली निर्माण गरी अनुगमनमा परिचालन गरिने जनाइएको छ ।
सो अवसरमा वातावरण मन्त्रालयका प्रवक्ता एवम् सहसचिव महेन्द्रकुमार थापाले ‘जोर्नल अफ इनभाइरन्मेन्ट साइन्स’ नामक पुस्तकको विमोचन गर्दै राजधानीलाई प्लास्टिकमुक्त क्षेत्र बनाउन सरकारले दिएको निर्देशन र ऐनको पालन गर्न प्लास्टिक व्यवसायीलाई आग्रह गर्नुभयो । उहाँले वातावरण संरक्षणमा सञ्चारकर्मीको अहम् भूमिका रहेको औँल्याउदै आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्नुभएको छ ।
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
न्युयोर्कका सांसदहरूले सरकारी भवन र विद्यालयमा लुकाएर हतियार बोक्न प्रतिबन्ध लगाउने विधेयक पारित
न्यूयोर्कको लायन्स क्लब अफ क्विन्स बुद्धको अध्यक्ष पदमा बिक्की पुलामी निर्वाचित
फ्लोरिडा राजमार्ग गस्तीद्वारा मानव तस्करीका विभिन्न घटनामा दुई दिनमा दुई जना पक्राउ
अमेरिकाको केन्टकीमा बन्धुकधारीको आक्रमणबाट २ प्रहरीहरुको मृ्त्यु
प्रतिक्रिया