बिहीबार, असार १० २०७८
काठमाडौं ००:३७
वासिङटन डिसी 14:52

‘भाग्यले बाँचेकाहरू’ वृत्तचित्रको प्रथम प्रदर्शन

इनेप्लिज २०७२ साउन ९ गते ११:५७ मा प्रकाशित

ca4a8dd4d755e4625e723f43fcbd0812काठमाडौँ, ९ साउन । ‘गोरखा भूकम्प’ले भत्काएका भग्नावशेषबाट जीवितै उद्धार गरिएका र अङ्गभङ्ग भएकाहरूमा आधारित वृत्तचित्र ‘भाग्यले बाँचेकाहरू’ को प्रथम प्रदर्शन भएको छ ।

आज यहाँ आयोजित एक कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरेले प्रदर्शनीको शुभारम्भ गर्नुभयो ।

करिब ५५ मिनेट लामोे सो वृत्तचित्रको प्रथम प्रदर्शनीमा नेपाली काँगे्रसका नेता डा प्रकाशरण महत, सभासद् अमरबहादुर थापालगायत सञ्चारकर्मी, सुरक्षाकर्मी, समाजसेवी तथा सर्वसाधारणको सहभागिता थियो ।

त्यस अवसरमा भूकम्पपछि उद्धार गरिएका पेम्बा लामा, रमेश खत्री, प्रिया विक र हरिमाया नेपालीलाई आर्थिक सहयोगसमेत प्रदान गरिएको थियो ।

प्रतिक्रिया