जिल्ला अस्पतालमा चिकित्सकको व्यवस्था गर्न माग

इनेप्लिज २०७२ साउन ९ गते ४:०० मा प्रकाशित

रौतहट, ९ साउन । जिल्ला सदरमुकाम गौरस्थित जिल्ला अस्पताल एक सातादेखि चिकित्सक विहीन भएको छ ।

चिकित्सक नहुँदा जिल्ला अस्पतालमा विगत एक सातादेखि अहेव (स्वास्थ्य सहायक)ले बिरामीको उपचार गर्नुपर्ने बाध्यता रहेको छ ।

यसअघि अस्पतालमा करारमा कार्यरत तीन चिकित्सकको गत साउन १ गतेदेखि म्याद सकिँदा अस्पतालमा समस्या भएको हो । चिकित्सक नहुँदा बिरामीले उपचारमा सास्ती पाउनुका साथै अन्यत्र जानुपर्ने बाध्यता रहेको छ ।

पचास श्ययाको उक्त अस्पतालमा तत्काल सरकारले चिकित्सकको व्यवस्था गरी पठाउन जिल्लावासीले माग गरेका छन् । जिल्ला अस्पतालमा दैनिक ५० देखि ७० जनासम्म आउने गरेका छन् ।

प्रतिक्रिया