गाजाबाट मुक्त अमेरिकी बन्धकको राष्ट्रपति ट्रम्पसँग दूरवार्ता संवाद — सहनशीलता र साहसको सम्मानमा भेटवार्ता तय

इनेप्लिज २०८२ वैशाख ३० गते १०:४० मा प्रकाशित

गाजाबाट हालै मुक्त भएका अमेरिकी–इजरायली बन्धक एडन एलेक्जेन्डरले राष्ट्रपति डोनाल्ड ट्रम्पसँग दूरवार्ता (टेलिफो)नमा कुराकानी गरेका छन्। राष्ट्रपति ट्रम्पका विशेष दूत स्टिभ विटकोफले मंगलबार बिहान आफ्नो एक्स (पूर्व ट्विटर) खातामा एलेक्जेन्डरसँगको भेटको तस्वीर प्रकाशित गर्दै “हामीले राष्ट्रपति ट्रम्पसँग कुरा गर्ने अवसर पनि पायौं,” भनेका छन्।

एलेक्जेन्डरको परिवारले उनको सोमबार भएको रिहाइपछि विज्ञप्ति जारी गर्दै न्यू जर्सीका बासिन्दा एडन यस महिनाको अन्त्यमा ट्रम्पलाई भेट्न वासिङ्टन, डी.सी. जाने तयारीमा छन्।

एलेक्जेन्डर इजरायली रक्षा बलमा सैनिकका रूपमा कार्यरत थिए । २०२३ अक्टोबर ७ मा गाजाको सीमासम्बद्ध सैन्य शिविरबाट हमासले उनलाई अपहरण गरेको थियो। ५८४ दिन लामो बन्धकतापछि उनको सुरक्षित फिर्तीले संसारभरका मानिसहरूलाई प्रेरणा दिएको छ।

विटकोफले भने, “आज एडन एलेक्जेन्डरसँग भेट गरी उनलाई घर फर्कन पाउँदा मलाई गर्व लागेको छ। उनको साहस र सहनशीलता साच्चिकै प्रेरणादायी छ। हामीले राष्ट्रपति ट्रम्पसँग पनि कुरा गर्ने अवसर पायौं, जसको नेतृत्वले यो सम्भव बनायो।”

उनले थपे, “हामी बाँकी सबै बन्धकहरूलाई सुरक्षित फर्काउने प्रतिवद्धतामा दृढ छौं।” यो घटनाले राष्ट्रपति ट्रम्पको नेतृत्वमा भइरहेको कूटनीतिक प्रयासको प्रभाव फेरि एकपटक देखाएको छ।

प्रतिक्रिया