अमेरिकामा धेरैले राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो खाडी राष्ट्र भ्रमणलाई व्यक्तिगत फाइदाका लागि प्रयोग गरिरहेको भन्दै आलोचना गरिरहेका छन्।
ट्रम्पले भ्रमण गर्ने सबै तीन मुलुकहरूमा उनको व्यक्तिगत लगानी छ। उनको निजी सम्पत्ती , क्रिप्टोकरेन्सी(गुप्तमुद्रा ब्यापार) तथा अन्य घर निर्माण(रियल इस्टेट) परियोजनामा उनका छोरा सक्रिय छन्। केही हप्ता अघिमात्रै ट्रम्पका छोराहरू यी देशहरूमा यिनै परियोजनाको प्रवर्द्धनमा थिए।
यसैबीच, साउदी अरबका अर्थमन्त्री मोहम्मद अल-जादानले अमेरिकी –साउदी लगानी मञ्चमा बोल्दै पछिल्ला संरचनात्मक सुधारहरूले साउदी अर्थतन्त्रमा उल्लेखनीय प्रगति भएको बताए। निजी लगानी १६% बाट ३२% पुगेको, महिलाको रोजगारी दर १७% बाट ३६% मा उक्लिएको र बेरोजगारी दर ऐतिहासिक न्यून ३.५% मा झरेको तथ्य उनले प्रस्तुत गरे।
हामद बिन खालिफा विश्वविद्यालयका वरिष्ठ प्राध्यापक सुल्तान बाराकातका अनुसार, ट्रम्पको भ्रमणले गाजाको रक्तपातबारे अरब राष्ट्रहरूको गम्भीरता बुझ्ने अवसर दिनेछ। उनले भने, “यदि ट्रम्प साँच्चै शान्तिदूत बन्न चाहन्छन् भने गाजाको समस्या समाधान गर्नु अपरिहार्य छ।”
ईरानसम्बन्धी वार्ता जसको चार चरण ओमानको मध्यस्थतामा भइसकेको छ । यो भ्रमणको कार्यसूची(एजेन्डा)मा समेत रहेको छ। ट्रम्पले युक्रेन–रूस वार्तामा सम्भावित सहभागी हुने संकेतसमेत दिएका छन् ।
प्रतिक्रिया