बन्दकर्ताद्वारा ट्रक तोडफोड, ढुङ्गा लागेर एक घाइते
रत्ननगर (चितवन), ८ साउन । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले आज गरेको बन्दको क्रममा चितवनमा दुई वटा ट्रकमा तोडफोड भएको छ ।
भरतपुरस्थित बसेनीमा आँपटारीतर्फ जाँदै गर्दा ट्रकमा तोडफोड भएको चितवनका प्रहरी प्रवक्ता राजन अधिकारीले जानकारी दिनुभयो । बा३ख ७५११ र बा१ख ६०८५ नम्बरको ट्रक तोडफोड भएका हुन् ।
सो क्रममा बन्दकर्ताको ढुङ्गा लागेर एकजना घाइते भएका छन् । घाइते हुने ट्रक चालक धादिङका ४८ वर्षीय भीम अर्याल रहेको प्रहरीले जनाएको छ । उनको मुखमा चोट लागेकाले अहिले भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।
बन्दका कारण आज बिहानैदेखि चितवनमा सवारी सञ्चालन ठप्प छ भने बजारमा समेत असर परेको देखिएको छ । चितवनको भरतपुर, नारायणगढ, रत्ननगर, पर्सालगायत क्षेत्रमा बन्दको प्रभाव बिहानैदेखि परेको छ ।
विप्लव माओवादीका चितवन इन्चार्ज चिरन पुनले लिपुलेक सम्झौताको विरोधमा बन्द गरिएको जानकारी दिनुभयो । पुनले नेपाली भूमि लिपुलेक भएको दाबी गर्दै यसमा चीन र भारतले व्यापारिक नाका बनाउने सम्झौता गर्दासमेत नेपाल सरकार चुप लागेर बस्नु विडम्बना भएको बताउनुभयो ।
उहाँका अनुसार १६ बुँदे समझदारी र राहत वितरणमा भएको अनियमितताको विरोधमा बन्द आह्वान गरिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चितवनमा बिहानैदेखि सवारी सञ्चालन भएका छैनन् ।
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया